बालेन र सुनिताले सोमबारबाट पदभार सम्हाल्ने – Nepal Press

बालेन र सुनिताले सोमबारबाट पदभार सम्हाल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण सोमबार हुने भएको छ । भोलि र पर्सी सार्वजनिक बिदा भएकाले बालेन साहले मेयरको कुर्सीमा बस्न थप तीन दिन प्रतिक्षा गर्नुपर्ने भएको हो ।

काठमाडौंको हिजो राति मतगणना सकिएको थियो । राति नै निर्वाचन आयोगले परिणाम घोषणा गर्यो भने आज बिहान मेयर बालेन्द्र साहलाई औपचारिक बधाइ दियो । त्यसपछि बालेनको विजयोत्सव चलिरहेको छ ।

उपमेयरमा निर्वाचित सुनिता डंगोलको पनि आज संक्षिप्त र्‍याली थियो । भोली उनीसहित काठमाडौंमा एमालेबाट निर्वाचितहरुको औपचारिक धन्यवाद र्‍याली निकाल्ने तयारी छ ।

सोमबार महानगरपालिकामा सपथग्रहणपछि मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले औपचारिकरुपमा पदभार ग्रहण गर्ने छन् । उनीहरुको कार्यकाल पाँच वर्षको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर