राहदानी विभागले भन्यो- अब १२ दिनमै लाइभ इनरोलमेन्ट – Nepal Press

राहदानी विभागले भन्यो- अब १२ दिनमै लाइभ इनरोलमेन्ट

काठमाडौं । राहदानी विभागले राहदानी पाउन सर्वसाधारणले खेपिरहेको सास्ती कम हुँदै गएको जनाएको छ। विभागका अनुसार बुकिङ भएको समयदेखि २ महिनापछि मात्र लाइभ इनरोलमन्ट हुने समय अहिले १२ दिनमा आइपुगेको छ ।

विभागले सामान्य अवस्थामा लाइभ इनरोलमेन्ट भएको दुई कार्य दिनमै राहदानी उपलब्ध गराउन सकिने जनाएको छ । सेवा सहज बनाउन बिदाको दिन र अन्य दिनमा पनि बढी समय काम भइरहेको विभागको भनाइ छ ।

यसैबीच विभागले सफ्टवेयरमा आएको समस्याका कारण प्रि–इनरोलमेन्ट पोर्टलमा समस्या आइरहेको भन्दै शुक्रबार साँझसम्म समाधान भइसक्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर