डोटीको तेल्परामा जिप दुर्घटना, १५ जना घाइते – Nepal Press

डोटीको तेल्परामा जिप दुर्घटना, १५ जना घाइते

डोटी । डोटीको सायल गाउँपालिका–१ तेल्परामा आज बिहान जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

सायलबाट दिपायलतर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१ ००१ ज १३३४ नम्बरको जिप बिहान साढे १० बजे अनियन्त्रित भइ दुर्घटना भएको हो ।

घाइते भएका सबैलाई उपचारको लागि स्थानीय अस्पताल पठाइएको छ ।

घाइतेमध्ये कञ्चनपुरको शुक्लाफाटा नगरपालिका बस्ने ५० वर्षीया धारु सुनारको अवस्था गम्भीर रहेको छ ।

जिप चालकलाई इलाका प्रहरी कार्यालय आदर्शले नियन्त्रणमा लिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर