जब भेडालाई तीन वर्षको जेल सजाय सुनाइयाे… – Nepal Press

जब भेडालाई तीन वर्षको जेल सजाय सुनाइयाे…

काठमाडौं । जनावरहरुलाई हानी पुर्याएको भन्दै मानिसहरुले सजाय पाएको केस त सुन्दै आएका छौं तर मानिसलाई हानी पुर्याएको भनेर कुनै जनावरलाई सजाय दिइएको विरलै सुनेका होला तर हालै मात्र दक्षिण सुडानमा एक भेडालाई महिलाको मृत्‍युको कारण ठहर गर्दै ३ वर्ष जेल सजाय सुनाइएको छ ।

अन्तर्राष्टिय संचार माध्यमहरुले जानाकारी गराए अनुसार दक्षिण सुडानको रुबेक इस्ट नामक क्षेत्रमा एक भेडाले ४० वर्षिया महिला एन्डियु चेपिङ नामक महिलालाई शिरले हमला गरेको थियो ।

भेडाको हमलाबाट गम्भीर घाइते भएकी एन्डियुको उपचारको क्रममा मृत्‍यु समेत भयो । सोही घटनामा दोषी ठहर गर्दै अदालतले भेडालाई ३ वर्षको जेल सजाय सुनाएको हो । अदालतका अनुसार अब उक्त भेडालाई ३ वर्ष सम्म मिलिट्री क्याम्पमा राखिने छ ।

भेडा मालिकलाई भने अदालतले दोषी ठहर गरेको छैन तर मृतकको परिवारलाई ५ वटा गाई दिने निर्णय भने सुनाएको छ । अदालतको यो आदेशलाई दक्षिण सुडानमा रगत क्षतिपूर्ति पनि भनिन्छ। दक्षिण सुडानको कानुन बमोजिम भेडाले सजाय काटेर आएपछि सो भेडा पीडित परिवारलाई दिइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर