निर्वाचन जित्न गठबन्धनका पाँच दलले सत्ताको चरम दुरुपयोग गरेः पूर्वमुख्यमन्त्री शाक्य – Nepal Press

निर्वाचन जित्न गठबन्धनका पाँच दलले सत्ताको चरम दुरुपयोग गरेः पूर्वमुख्यमन्त्री शाक्य

हेटौंडा । बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न स्थानीय निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाएकी छन् ।

बागमती प्रदेशसभाको दशौं अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री शाक्यले लोकतन्त्रमाथि नै प्रश्न उठ्ने गरी सत्ता गठबन्धनले निर्वाचनमा जित्नकै लागि सत्ताको दुरुपयोग गरेको बताइन् ।

उनले पाँ दलीय गठबन्धनले एमाले एक्लैसँग प्रतिस्पर्धा गर्न निर्वाचन आचारसंहिताविपरीतका कामहरु गरेको आरोप लगाइन् ।

प्रदेशसभाको ५ वर्ष सकिनै लाग्दा हालै सम्पन्न स्थानीय निर्वाचनले लोकतन्त्रमाथि प्रश्न उठेको भन्दै शाक्यले शक्ति पाएपछि दुरुपयोग गर्न सरकार लागिपरेको बताइन् ।

उनले सत्ता गठबन्धन लोकतन्त्रको पक्षमा नरहेको बताउँदै बाँकी रहेको समयमा सच्चिन आग्रह गरिन् । देशभर उच्च महंगी बढ्दा जनताको दैनिक जीवनयापनमा समस्या भएको बताउँदै शाक्यले केन्द्र सरकार के गरेर बसिरहेको भन्दै प्रश्नसमेत गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर