बाजागाजासहित सुनिताको विजय र्‍याली (तस्बिरहरू) – Nepal Press

बाजागाजासहित सुनिताको विजय र्‍याली (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट निर्वाचित भएसँगै सुनिता डंगोलको बाजागाजासहित विजय र्‍याली निकालिएको छ ।

निर्वाचन  आयाेगले  उपमेयरमा निर्वाचित भएकाे घाेषणागरेसँगै मतगणनास्थल राष्ट्रिय सभागृहबाट महानगरपालिकाको मुख्यालयसम्म विजय र्‍याली निकालिएको हो ।

पार्टीका समर्थकहरुले खादा माला अविर लगाइदिएका थिए भने बाजागाजासहित र्‍याली भद्रकाली हुँदै महानगरपालिकाको मुख्यालय पुगेको थियो ।

नेकपा एमालेका तर्फबाट विजयी उम्मेदवारसहितको टोली पनि राष्ट्रिय सभागृहबाट महानगरपालिकाको मुख्यालयसम्म गएका छन् ।
उपमेयरमा निर्वाचित भएसँगै मतदातालाई धन्दवाद दिन विजय याली भने भोलि गरिने भएको छ ।

औपचारिक विजय जुलुस भने भोलि ११ बजेदेखि वसन्तपुरबाट निकालिने उपमेयर डंगोलले बताइन् । गठबन्धनबाट उपमेयर पदमा उम्मेदवार बनेको रामेश्वर श्रेष्ठलाई पराजित गर्दै उनी भारी मतान्तरसहित उपमेयरमा निर्वाचित बनेकी थिइन् ।

तस्बिर:  उमेश  कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर