द भ्वाइस अफ नेपाल सिजन–४ को टाइटल स्पोन्सरमा बजाज पल्सर अनुबन्ध – Nepal Press

द भ्वाइस अफ नेपाल सिजन–४ को टाइटल स्पोन्सरमा बजाज पल्सर अनुबन्ध

काठमाडौं । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सरमा ‘बजाज पल्सर’ अनुवन्ध भएको छ । बजाज पल्सरका तर्फबाट गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छा र भ्वाइस अफ नेपालका तर्फबाट हिमालय टेलिभिजनका तर्फबाट अध्यक्ष धर्मराज भुसाल एवं कार्यकारी निर्देशक श्याम कँडेलले टाइटल स्पोन्सरसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएसँगै द भ्वाइस अफ नेपालको यो श्रृङ्खलालाई ‘बजाज पल्सर प्रिजेन्ट्स द भ्वाइस अफ नेपाल सिजन ४’ का रुपमा उल्लेख गरिने छ । नेपालको युवा पुस्तामा लोकप्रिय भ्वाइस अफ नेपालको टाइटल स्पोन्सरमा अनुवन्ध हुन पाउनु पल्सरका लागि गौरवको विषय भएको गोल्छा ग्रुपका प्रबन्ध निर्देशक गोल्छाले बताए ।

कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष भुसालले बजाज पल्सरलाई टाइटल स्पोन्सरका रुपमा पाउनु भ्वाइस अफ नेपाल र हिमालय टेलिभिजनका लागि महत्वपूर्ण रहेको बताए ।

चौथो सिजनका लागि डिजिटल अडिसन सुरु भइसकेको छ । जहाँ अहिलेसम्म हजारौं प्रतिभाहरुले द भ्वाइस अफ नेपाल सिजन–४ को उपाधि जित्ने आकांक्षासहित आवेदन दिइसकेका छन् । अबको दुई साताभित्र डिजिटल अडिसन बन्द भई कार्यक्रम उत्पादनको तयारी तीव्र पारिने भएको छ ।

कूल १२० जना प्रतिभाहरुले कोचका अगाडि ब्लाइन्ड अडिसनमा प्रस्तुति दिन पाउनेछन् । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुनेछ । छानिएका ६४ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रम आगामी साउनदेखि हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर