एमाले महासचिव भन्छन्- अदालतको सक्रियता बुझिनसक्नुको भयो – Nepal Press

एमाले महासचिव भन्छन्- अदालतको सक्रियता बुझिनसक्नुको भयो

रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउनेगरी गरेको फैसलालाई बुझिनसक्नुको न्यायिक सक्रियता भनेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा लेख्दै उनले यो निर्णय त्रुटिपूर्ण मात्र होइन, राष्ट्रियहितविपरीत रहेको उल्लेख गरेका छन् ।

महासचिव पोखरेलले वातावरणमा पर्ने असरको प्रतिस्थापन गर्ने कानूनी व्यवस्थाको पालनामा ध्यान दिनुको साटो कार्यकारीको भूमिकामा नै हस्तक्षेप गरी निर्माणमा रोक लगाउनु बुझिनसक्नुको न्यायिक सक्रियता भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘यसप्रकारको फैसलाले न्यायिक प्रणालीप्रतिको आस्था र विश्वासलाई कमजोर बनाउछ । राष्ट्रिय सामर्थ्यको निर्माणको संकल्पमा समेत वाधा पुर्याउँछ ।’ उनले सबै सरोकारवाला गम्भीर र जिम्मेवार बन्नसमेत आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर