निजगढ विमानस्थलबारे सर्वोच्चको फैसला घातक र प्रतिगामीः योगेश भट्टराई – Nepal Press

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसला घातक र प्रतिगामीः योगेश भट्टराई

काठमाडौं । पूर्वपर्यटनमन्त्री तथा नेकपा एमालेका सचिव योगेश भट्टराईले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतले गरेको फैसलाको कडा आलोचना गरेका छन् । उनले सर्वोच्चको निर्णयलाई ‘घातक र प्रतिगामी’ संज्ञा दिए ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै भट्टराईले यो विमानस्थल नेपालको हवाई उड्डयनको गेम चेञ्जर आयोजना भएको बताएका छन् ।

सर्वोच्चको निर्णयबारे उनले भनेका छन्, ‘यो नेपालको हवाई उड्डयनको गेम चेन्जर आयोजना र त्यस मार्फत मुलुकको सम्मृद्धिको यात्रामाथिको बलत हस्तक्षेप हो ।’

उनले न्यायधीसहरुलाई यो निर्णय सच्याउन आह्वानसमेत गरेका छन् ।

केपी ओली सरकारका पालामा पर्यटनमन्त्री हुँदा मन्त्री भट्टराईले निजगढ विमानस्थलको शिलान्यास गर्ने प्रयास गरेका थिए, तर सफल भएका थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर