महन्थ ठाकुरको आरोप: चुनावमा गठबन्धनले आतंक मच्चायो, मधेसमा फेरि विद्रोह हुनसक्छ (भिडिओ) – Nepal Press

महन्थ ठाकुरको आरोप: चुनावमा गठबन्धनले आतंक मच्चायो, मधेसमा फेरि विद्रोह हुनसक्छ (भिडिओ)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिने क्रममा ठाकुरले गठन्धनले मतदाता र विपक्षी दलका उम्मेदवारलाई धम्क्याउने र कुटपिट गर्ने जस्ता आतंक मच्चाएको दावी गरे ।

ठाकुरले भने- चुनावमा मधेसका गाउँ गाउँमा गठबन्धनले आतंक मच्चायो । हाम्रा उम्मेदवारहरु कुट्ने र थुन्ने काम भयो । गठबन्धनको आतंक छायो । गठबन्धनलाई भोट नदिए पाँच वर्षसम्म जे पनि हुनसक्ने धम्की दिइयो । यो चुनावमा गठबन्धनको नाममा आतंक मच्चाइयो ।

अध्यक्ष ठाकुरले सरकारले नागरिकता विधेयक फेरि पनि सहमतिका नाममा अड्काउने काम गरेको भन्दै यस्तै अवस्था रहे मधेसमा फेरि विद्रोह हुने चेतावनी समेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर