गोदावरीका प्रमुख र प्रधानमन्त्रीबिच भेटवार्ता, गेटा मेडिकल कलेज सञ्चालन गर्न माग – Nepal Press

गोदावरीका प्रमुख र प्रधानमन्त्रीबिच भेटवार्ता, गेटा मेडिकल कलेज सञ्चालन गर्न माग

कैलाली । कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट र प्रधानमन्त्री शेरबहादुर देउवा बिच भेटवार्ता भएको छ । भेटका क्रममा भट्टले प्रधानमन्त्री समक्ष गेटा मेडिकल कलेज छिटो सञ्चालन गरिदिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवाले आगामी संघिय सरकारको बजेट मार्फत कलेज सञ्चालन हुने बताएका छन । प्रधानमन्त्री देउवाले कलेज सञ्चालनको वातावरण सृजना गर्ने समेत बताएका छन् ।

सरकारको मङ्गलबार ल्याएको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजका विषयमा कुनै चर्चा गरिएको छैन । नीति तथा कार्यक्रममा पूर्वाधार तयार भइसकेको संरचनाका विषयमा सरकार मौन रहेको भन्दै कैलालीमा स्थानीय विरोधमा उत्रिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर