हर्क र बालेनहरूको विजय दलपतिहरूको सिण्डिकेटविरुद्ध जनविद्रोह हो- राजकिशोर यादव (भिडिओ) – Nepal Press

हर्क र बालेनहरूको विजय दलपतिहरूको सिण्डिकेटविरुद्ध जनविद्रोह हो- राजकिशोर यादव (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई दलपतिको संज्ञा दिँदै धरानदेखि धनगढीसम्म स्वतन्त्र उम्मेदवारहरूको विजय दलपतिहरूविरुद्धको विद्रोह हो भनेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै प्रतिनिधिसभामा पूर्वमन्त्री यादवले दलपतिहरुको अपारदर्शी र जनमतको बर्खिलाफका निर्णयविरुद्ध जनताले विद्रोहको संकेत दिएको बताए ।

यादवले भने, ‘हर्क,बालेन र गोपीहरूको विजय दलपतिहरूलाई चुनौती हो । हामीले जे गरे पनि हुन्छ भनने दलपतिहरूको जनमतविरुद्धको हर्कत र अपारदर्शी निर्णयलाई धरान, जनकपुर, बर्दिबास,काठमाडौंजस्ता ठाउँबाट जनताले जवाफ दिएका छन् । सिण्डिकेटविरुद्धको विद्रोह हो यो ।

यादवले सरकारको नीति तथा कार्यक्रम परम्परागतबाहेक केही नरहेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर