ओलीलाई झलनाथको जवाफ- मैले पनि ५५ रोपनी जग्गा राज्यलाई दिएर सीटीईभीटी डाँडा बनाएँ – Nepal Press

ओलीलाई झलनाथको जवाफ- मैले पनि ५५ रोपनी जग्गा राज्यलाई दिएर सीटीईभीटी डाँडा बनाएँ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधामन्त्री झलनाथ खनालले आफ्नो सम्पत्ति राज्यलाई सुम्पिने व्यक्ति आफूमात्र रहेको भनी एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।

संसदको रोष्टमबाटै ओलीलाई जवाफ दिँदै खनालले ओलीले भन्दा पहिले आफूले पुर्ख्यौली सम्पत्ति राज्यलाई दिएर इलाममा सीटीईभीटी भवन बनाएको बताए ।

खनालले भने, ‘प्रमुख प्रतिपक्षको नेताले व्यक्तिगत सम्पत्ति राज्यलाई दिने कोही छ ? भनेर च्यालेन्ज गर्नुभयो । सदनलाई जानकारी होस्, म उहाँभन्दा १५ वर्षअघि प्रधानमन्त्री भएकै बेला इलामको ५५ रोपनी मेरो जग्गा राज्यलाई दिएर सीटीइभीटी निर्माण गरेँ । इलाममा जग्गा खोज्दा कतै नमिलेपछि मैले आफ्नै जग्गा दिएको थिएँ । सभामुख र माननीय सांसदहरुलाई इलामको सीटीईभीटी डाँडामा गएर एकचोटी अवलोकन गर्न आग्रह गर्छु ।’

खनालले दुईजना पूर्वप्रधानमन्त्री नै सम्पत्ति राज्यलाई दिनेमा दरिएपछि अरु पनि निस्कने अपेक्षा व्यक्त गरे ।


प्रतिक्रिया

2 thoughts on “ओलीलाई झलनाथको जवाफ- मैले पनि ५५ रोपनी जग्गा राज्यलाई दिएर सीटीईभीटी डाँडा बनाएँ

  1. म आफ्नाे जग्गा त राज्यलाई बाँडनेलाई भ्रष्टाचारकाे आराेप लगाउने ? भनेका हुन् ओलिले । यी मनुवाले आफूले जग्गा बाँडेकाे कुरा किन गरेका बेला न कुबेला ? ओलिकाे विराेध गर्ने, गठबन्धनबाट रकम असुल गर्ने र ज्यान पाल्नेभन्दा अरू केही उद्देश्य देखिदैन यिनकाे ।

  2. सरकार को ढुकुटी लुट्नु सम्म लुतेर आज पैतृक सम्पत्ति राज्य लाई दियो भन्ने चोर झल्लु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर