भारतले दियो वेश्यावृत्तिलाई सम्मानजनक पेशाको दर्जा , यौनकर्मीलाई गिरफ्तार नगर्न सर्वोच्च अदालतको आदेश – Nepal Press

भारतले दियो वेश्यावृत्तिलाई सम्मानजनक पेशाको दर्जा , यौनकर्मीलाई गिरफ्तार नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । भारतको सर्वोच्च अदालतले वेश्यावृत्तिलाई सम्मानजनक पेशाको दर्जा दिँदै यस पेशामा संलग्न भएकै आधारमा कसैलाई पनि गिरफ्तार नगर्न आदेश दिएको छ ।

अदालतले भारतका सबै राज्य र प्रदेशका प्रहरीहरुलाई यौनकर्मीको काममा हस्तक्षेप नगर्न पनि निर्देशन दिएको छ ।

यौनकर्मीको समस्याका सम्बन्धमा परेको निवेदनमा सुनुवाइ गर्दै एल नागेश्वर राव, बीआर गवई र एएस बोपन्नाको संयुक्त इजालसले यौनकर्मीको अधिकार सन्दर्भमा ६ वटा निर्देशिका जारी गर्दै यौनकर्मीलाई पनि कानुनअनुसार मर्यादा र समान संरक्षणको हक रहेको जनाएको छ ।

अदालतले आफ्नो इच्छाअनुरुप कुनै पनि बालिग महिलाले यौन पेशा अगाल्न सक्ने जनाएको छ । यद्यपि वेश्यालयको सञ्चालन गर्नु भने गैरकानुनी नै बताइएको छ । अदालतले कारणवस वेश्यालयमा छापा मार्न परेमा पनि यौनकर्मीलाई गिरफ्तार नगर्न आदेश दिएको छ ।

निर्देशिकाले आमा यौनकर्मी भएकै कारण बच्चालाई आमाबाट टाढा लैजान नपाइने पनि बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर