स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई सन्धिखर्क नगरले भत्ता दिने – Nepal Press

स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई सन्धिखर्क नगरले भत्ता दिने

रुपन्देही । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई पोषणस्वरुप २ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित कृष्णप्रसाद श्रेष्ठले पदभार ग्रहण गर्दै बर्थिङ सेन्टर वा अस्पतालमा सुत्केरी हुने महिलालाई पोषणस्वरुप २ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले पाणिनि बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत विपन्न तथा जेहेन्दार ४० जना छात्र–छात्रालाई निःशुल्क रुपमा अध्ययन गर्ने प्रबन्ध मिलाउने पनि प्रतिबद्धता जनाए ।

यस्तै नगरवासीको न्युनतम विद्युत् महसुल भुक्तानी गरिदिने र नगरपालिकाभित्र सञ्चालित लिफ्टिङ्ग खानेपानी आयोजनाको ६० प्रतिशत विद्युत् महशुल भुक्तानी गरिदिने उनको भनाइ छ ।

आफ्नो कार्यकालमा समृद्ध सन्धिखर्क निर्माणको मूल आधार भन्ने मान्यतामा रही गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको उपलब्धता तथा कृषि र पर्यटनको विकास गरी रोजगारी सिर्जना गरेर वैदेशिक पलायन रोक्ने पनि उनको भनाइ छ ।

श्रेष्ठले बिनाझन्झट गुणस्तरीय सेवा दिनेगरी योजना बनाइने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर