यौन दुर्व्यवहार आरोपमा अर्को एक सुन्दरी प्रतियोगिता सञ्चालक पक्राउ – Nepal Press

यौन दुर्व्यवहार आरोपमा अर्को एक सुन्दरी प्रतियोगिता सञ्चालक पक्राउ

काठमाडौं । झापामा सुन्दरी प्रतियोगिता जिताउने प्रलोभन देखाएर किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘मिस्टर एन्ड मिस कलेज २०२२’ को आयोजक संस्था शंकर आर्ट्स फाउन्डेसनका निर्देशक लालबहादुर शंकर पक्राउ परेका छन् ।

दमक घर भएकी १७ वर्षीया किशोरीको उजुरीपछि प्रहरीले शंकरलाई पक्राउ गरेको हो । उनले फेसबुक म्यासेन्जर तथा ह्वाट्स एपमार्फत आफूसँग नजिक भएमा प्रतियोगिता जिताइदिने भन्दै यौन दुर्व्यवहार गरेको किशोरीले उजुरीमा उल्लेख गरेकी छन् ।

इलाका प्रहरी कार्यालयमा वैशाख २८ मा उजुरी दिइएको थियो । चुनावी चहलपहलमा व्यस्त भएका कारण तीन दिनअघि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरी बाल यौन दुरूपयोग कसुरमा शंकरमाथि अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले नेपाल प्रेससँग बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *