सुरक्षाको प्रोफाइलमा धरानका मेयर हर्क साम्पाङको तस्विर – Nepal Press

सुरक्षाको प्रोफाइलमा धरानका मेयर हर्क साम्पाङको तस्विर

काठमाडौं । अहिले अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा सहभागी हुने र रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली कलाकार भएको विषयले चर्चामा छिन् । रातो पहिरनमा धपक्क सजिएकी पन्तको कपडा र सुन्दरताको चौतर्फी तारिफ भइरहेको छ। कान्समा प्रिमियर हुन लागेको उनको अन्तर्राष्ट्रिय प्रोजेक्ट ‘द एट माउन्टेन्स’ का लागि उनी बुधबार फ्रान्समा आयोजित कार्यक्रममा पुगेकी थिइन् ।

यो चर्चा सेलाउन नपाउँदै उनको अर्को एउटा कार्यले धेरैलाई चकित तुल्याएको छ । पन्तले आफ्नो भेरिफाइड फेसबुक पेजमा आफ्नो फोटो हटाएर धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङको प्रोफाइल पिक्चर राखेकी छन् । उनले तस्विर सगँसँगै ‘धरानका मेयर, हर्क साम्पाङ राई, एक क्रान्ति’ भनेर स्टाट्स राखेकी छन् । यसपालिको स्थानीय चुनावमा हर्क साम्पाङ राई धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रोफाइलमा नै मेयरको फोटो राख्नु सायद यो नेपाली कलाकारहरुको इतिहासमा पहिलो कार्य होला । उनले अहिले राखेको तस्विर हेर्दा र पछिल्लो समय धेरैजसो नेपाली कलाकारहरु तथा जनताले स्वतन्त्रबाट उठेका उम्मेदवारलाई समर्थन गरेको देख्दा राजनीतिक पार्टीहरुमाथि जनताको विश्वास घट्दै गएको सहजै अनुमान लगाउन सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *