छात्रवृत्तिमा अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी गर्ने पक्राउ – Nepal Press

छात्रवृत्तिमा अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी गर्ने पक्राउ

काठमाडाै‌ं। छात्रवृत्तिमा अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ एक जना पक्राउ परेका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगंजमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छुभन्दैठगी गरेको अभियोगमा अछाम मंगलसेन नगरपालिका-२ बस्ने चक्र बहादुर बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

आफुलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा कार्यरत एमबिबिएसर  एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा.दिपक बिसी हुँ भनि चिनाउने बिकले छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा ३० लाख रुपैयाँ लिई भर्ना गरी दिन्छु भनी विश्वासमा पारी पीडितबाट पटक पटक गरी नगद १७ लाख रूपैयाँ लिई ठगी गरेकोले प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर