हेटौडामा मुल्यवृद्धिविरुद्ध अनेरास्ववियुको प्रदर्शन, ४ नेता पक्राउ – Nepal Press

हेटौडामा मुल्यवृद्धिविरुद्ध अनेरास्ववियुको प्रदर्शन, ४ नेता पक्राउ

हेटौडा । पेट्रोलियम पदार्थमा मूल्यवृद्धिविरुद्ध सरकारी सवारीसाधन आवतजावतमा अवरोध गर्ने क्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेलसहित ४ जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

आज बिहान मकवनापुर बहुमुखी क्याम्पस सडकबाट पौडेलसहित, जिल्ला उपाध्यक्ष भुवन मैनाली, सचिव पुस्कर तिम्ल्सिना र युवा संघका नेता रजकुमार घिमिरेलाई प्रहरीले पक्राउ गरेको अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जानकारी दिए ।

प्रदर्शनकारीले १० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएका थिए ।

नियन्त्रणमा लिएको सवारीको चाबी प्रहरीमा बुझाउँदै पक्राउ परेका नेताहरू बिनासर्त छाड्न अनेरास्ववियुले माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर