बालेनको विजय घोषणापछि विशाल र्‍यालीको तयारी, आवागमन प्रभावित बन्न सक्ने – Nepal Press

बालेनको विजय घोषणापछि विशाल र्‍यालीको तयारी, आवागमन प्रभावित बन्न सक्ने

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भएको घोषणा सम्भवत आज हुन सक्छ । अब तीनवटा वडाको मात्रै मतगणना बाँकी छ ।

मतगणना सकिएर बालेनलाई विजयी घोषणा गरिएसँगै समर्थकहरुले विशाल र्‍यालीको तयारी गरेका छन् । मतगणनास्थल सभागृहबाट र्‍याली सुरु भएर काठमाडौंका थुप्रै स्थान परिक्रमा गर्ने बताइएको छ ।

बालेनको पक्षमा सक्रिय रहेका भिम उपाध्यायले फेसबुकमा लेखेअनुसार बालेनको समर्थनमा निस्कने जुलुस राष्ट्रिय सभागृहबाट भद्रकाली, शहीदगेट, हुँदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्नेछ ।

त्यहाँबाट फेरि स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल, गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गरिने छ ।

आफ्नो जित सुनिश्चित भएपछि बालेनले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै विजयोत्सवको साटो धन्यवाद र्‍याली निकाल्न समर्थकलाई अपिल गरेका थिए ।

त्यसअनुसार आजको जुलुसलाई समर्थकहरुले धन्यवाद र्‍यालीको नाम दिएका छन् । र्‍याली सभ्य र अनुशासित किसिमको हुने तथा कसैको विरोध नगरिने बताइएको छ । यद्यपि, र्‍यालीमा सहभागीको संख्या ठूलो हुन सक्ने भएकाले काठमाडौंको सवारी आवागमन प्रभावित बन्ने देखिन्छ ।


प्रतिक्रिया

2 thoughts on “बालेनको विजय घोषणापछि विशाल र्‍यालीको तयारी, आवागमन प्रभावित बन्न सक्ने

  1. निर्वाचन आयोगले वालेन्द्र साह लेखेको छ तर सामाचार लेख्नेहरुले किन वालेन्द्र शाह लेखिरहेको छ ।

  2. के हो धन्यवाद यालि, विजय जुलुस भन्दा के फरक पाउनुभयो , आखिर उस्तै, उस्तै हो , हाथी छाप बलियो कि हाथी भने जस्तै । सडक प्रभावित भइ हाल्छ, भिडभाड भइ हाल्छ।

Leave a Reply to दिलिप सिंह Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर