काठमाडौं अपडेट: बालेन- ६० हजार, सुनिता- ६६ हजार – Nepal Press

काठमाडौं अपडेट: बालेन- ६० हजार, सुनिता- ६६ हजार

काठमाडौं । जित सुनिश्चित भइसकेको काठमाडौं महानगरपालिकाको नयाँ अपडेट आएको छ । अपडेटअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ६० हजार मत कटाएका छन् भने उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६६ हजार मत कटाएकी छन् ।

कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह र एमाले उम्मेदवार केशव स्थापित निकै पछाडि छन् । सिर्जना र स्थापितले ३७ हजार हाराहारीमा मत पाएका छन् ।

उपमेयरमा नेकपा एसका रामेश्वर श्रेष्ठले करिब २३ हजार मत पाएका छन् ।

काठमाडौंको मतगणना अन्तिम चरणमा पुगेको छ ।


प्रतिक्रिया

One thought on “काठमाडौं अपडेट: बालेन- ६० हजार, सुनिता- ६६ हजार

Leave a Reply to Jayaram parajuli Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर