कोहलीको बैंगलोर आईपीएलको क्वालिफायरमा – Nepal Press

कोहलीको बैंगलोर आईपीएलको क्वालिफायरमा

नयाँ दिल्ली । रोयल च्यालेन्जर्स बैंकलोर इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा पुगेको छ।

बुधबार भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई १४ रनले पराजित गर्दै बैंगलोरले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। अब फाइनल प्रवेशका लागि राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि पहिलो क्वालिफायरमा रोयल्सलाई हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगिसकेको छ। जायन्ट्सविरुद्ध पहिला ब्याटिङ गरेको बैंगलोरले २ सय ७ रन जोडेको थियो। उसका लागि रजत पतिदार एक्लैले एक सय १२ रन जोडे।

अविजित रहेका उनले ५४ बलमा ७ छक्का र १२ चौका प्रहार गरेका थिए। दिनेश कात्तिकले ३७ र विराट कोहलीले २५ रन बनाए। लखनउले निर्धारित २० ओभर खेलेपनि ६ विकेट गुमाएर एक सय ९३ रन जोडे। केएल राहुलले ७९ र दीपक हुड्डाले ४५ रन बनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *