सोती हत्याकाण्डबारे संयुक्त दलित संघर्ष समितिले गृहमन्त्रीलाई बुझायो १२ बुदेँ ज्ञापन पत्र – Nepal Press

सोती हत्याकाण्डबारे संयुक्त दलित संघर्ष समितिले गृहमन्त्रीलाई बुझायो १२ बुदेँ ज्ञापन पत्र

काठमाडौं । अन्तरजातीय प्रेम गरेको निहुँमा रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको हत्या भएको घटनाबारे संयक्त दलित संघर्ष समितिले गृहमन्त्री बालकृष्ण खाणलाई १२ बुदेँ ज्ञापन पत्र बुझाएको छ । सोमबार मृतक नवराज विकसहित ६ जनाका आमासहित सिंहदरबारमा रहेको गृहमन्त्रालयमा पुगेर समितिले खाणलाई १२ बुदेँ मागसहितको ज्ञापन पत्र बुझाएको हो ।

घटनाका सबै दोषीलाई कानुन बमोजिम हदैसम्मको कडा कारवाही हुनुपर्ने, घटनामा मारिएका ६ जनालाई नै सामाजिक रुपान्तरका शहीत घोषणा गर्नुपर्ने, मृतका परिवारलाई सरकारले कम्तीमा पनि प्रतिव्यक्ति २५ लाख रुपैयाका दरले क्षतिपूर्ति दिनुपर्ने माग गरिएको ज्ञापन पत्र पेश गर्न पुगेका अधिवक्ता त्रिलोकचन्द्र विस्वासले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार उक्त घटनामा बाँच्न सफल १२ जना घाइतेलाई जिवित सहीद घोषणा गरेर कम्तीमा प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, अहिलेसम्म भएका छानविन समितिका सिफारिस कार्यान्वयन गर्नुपर्ने लगायतका माग गरिएको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा संविधान सभा सदस्यसमेत रहेकी जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्मा, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका राष्ट्रिय अध्यक्षसमेत रहेका अधिवक्ता त्रिलोकचन्द्र विस्वास विक, दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष जेवी विश्वकर्मा, नेपाल दलित संघका सदस्य टंक विश्वकर्मा, अधिवक्ता सुन्दर स्नेहीको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *