पेट्रोलियम पदार्थको मूल्यवृद्धि र कर हटाउन सरकारलाई प्रचण्ड–माधवको आग्रह – Nepal Press

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र कर हटाउन सरकारलाई प्रचण्ड–माधवको आग्रह

काठमाडौं । सत्ता गठबन्धनका दुई शीर्ष नेता माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धि फिर्ता लिन सरकारलाई सुझाव दिएका छन् ।

मूल्यवृद्धि फिर्ता र पेट्रोलियम पदार्थमा लगाएको कर हटाउन माग गर्दै गएका सत्ता गठबन्धन आबद्ध विद्यार्थी संगठनका पदाधिकारीसँगको भेटपछि दुवै नेताले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग कुरा गरेका थिए ।

टेलिफोन कुराकानीमा दुवै नेताले तत्काल मूल्यवृद्धि र अनावश्यक कर हटाउन आग्रह गरेको नेकपा एस आबद्ध अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “पेट्रोलियम पदार्थको मूल्यवृद्धि र कर हटाउन सरकारलाई प्रचण्ड–माधवको आग्रह

  1. महँगी घटाउन गएकाे कि नेताकाे विज्ञापन गरिदिन गएकाे ? हाम्रा नेता घटाउन तयार छन् भनेर विज्ञापन गरेर दलाली गर्न गएकाे ? सरकारलाई खाेई दबाब दिएकाे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर