एक हजार २२२ एम्पुल लागू औषधसहित चार पक्राउ – Nepal Press

एक हजार २२२ एम्पुल लागू औषधसहित चार पक्राउ

काठमाडौं । नेपाल प्रहरीले एक हजार २२२ एम्पुल लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट एक हजार २२२ एम्पुल लागू औषधसहित चार जनालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी विहुल गाउँपालिका–३ का २२ वर्षीय मनिषकुमार साह, ३२ वर्षीय भोलाप्रसाद साह, १९ वर्षीय कुमार साह र २४ वर्षीय बालकुमार दास रहेका छन् ।

पक्राउ परेका चारैजनालाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत लागु औषध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर