अमेरिकी उच्च अधिकारी तिब्बती शरणार्थी शिविरभित्र गएकोमा ओलीको आपत्ति, सरकारको नियतमा प्रश्न – Nepal Press

अमेरिकी उच्च अधिकारी तिब्बती शरणार्थी शिविरभित्र गएकोमा ओलीको आपत्ति, सरकारको नियतमा प्रश्न

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार एक चीन नीतिबाट बरालिन खोजेको आशंका गरेका छन् ।

संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले हालै नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्रीलाई तिब्बती शरणार्थी शिविरमा जान दिइएकोमा समेत आपत्ति जनाएका छन् ।

ओलीको भनाई उदृत गर्दै एक सांसदले भने,‘परराष्ट्र नीतिका स्थापित मूल्य मान्यता छन् त्यसको खण्डित गर्ने काम भयो । नेपालको असंलग्न परराष्ट्र नीतिमा राष्ट्रिय हित, अहस्तक्षेप र कुनै पनि देशको मामिलामा असंलग्न रहने भन्ने छ । तिब्बती शरणार्थीको क्यापमा जान दिएर जुन प्रकारको उक्साउने काम गरियो त्यसमा सरकारको नियतमाथि शंका छ । कुनै देशका विरुद्ध नेपाली भूमिलाई प्रयोग गर्न दिनु गलत हो ।’

ओलीले विदेश नीतिमा सरकार परनिर्भर हुन थालेको भन्दै नेपालले आफ्नो निर्णय आफैं गर्न पाउनेगरि आफूले स्थापित गरेका मान्यतामाथि देउवा सरकारले धावा बोलेको बताए ।


प्रतिक्रिया

One thought on “अमेरिकी उच्च अधिकारी तिब्बती शरणार्थी शिविरभित्र गएकोमा ओलीको आपत्ति, सरकारको नियतमा प्रश्न

  1. विदेशीले गठबन्धन बनाएकै यसैकाे लागि हाे । नेपालमा मनलाग्दी गर्दा पनि सरकार नबाेलाेस अथवा समर्थन गराेस । एमालेले यस्ताे गर्न दिंदैन त्यसैले तिनलाई एमाले मन पर्दैन। गठबन्धन त तिनीहरूले नै बनाईदिएकाे हाे । मालिककाे आदेश मानिहाल्छ । तर एउटा कुरामा नेपाल गम्भीर हुनैपर्छ कि पश्चिमा वा भारतकाे उस्काहटमा लागेर चीन विरूद्व नेपालमा गतिविधि गर्न दिनु भनेकाे चीनकाे मामिलामा नेपाललाई प्रयाेग गरेर हस्तक्षेप गर्नु हाे ।युक्रेन यस्तै भएर बिग्रेकाे हाे । अमेरिकीहरूलाई शरणार्थी किन भेट्नु परेकाे ? अमेरिकाका कालाजातीलाई उकासेर विदेशीले आन्दाेलन गर्न लगाए अमेरिका मान्दछ ? तराईकाले नेपालबाट छुट्टिने कुरा गरे नेपालले मान्दछ ? त्यसैफे गम्भीर बनाैं र अरूकाे मामिलामा तटस्थ बसाैं । याे सरकार बन्ने वितिक्कै चिनसँगकाे सिमानाकाे विषयमा अनावश्यक विवाद निकाल्याे । त्याे भारत र अमेरिकालाई खुशी पारेर हामी तिमीहरूका आदेशपालक हाैं भनेर देखाउन गरिएकाे काम थियाे । न कुनै विकास छ, न काम गर्ने उत्साह तथा जाँगर छ । यस्ताे सरकार त देशकाे लागि बाेझ भैसक्याे अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर