थाइल्यान्ड र अमेरिकासहित पाँच एसोसिएट टोलीलाई महिला एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता – Nepal Press

थाइल्यान्ड र अमेरिकासहित पाँच एसोसिएट टोलीलाई महिला एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले थाइल्यान्ड र अमेरिकासहित पाँच एसोसिएट देशलाई महिला एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता प्रदान गरेको छ।

आईसीसीको हालसालै सम्पन्न बैठकले उक्त निर्णय गरेको जारी विज्ञप्तिमा भनिएको छ। एकदिवशीय अन्तर्राष्ट्रिय पाउने अन्य एसोसिएट टोलीमा पपुआन्युगिनी, नेदरल्यान्ड्स र स्कटल्यान्ड रहेका छन् ।

अब उनीहरूले उक्त मान्यताप्राप्त वा टेस्ट मान्यताप्राप्त टोलीसँग खेल्ने ५० ओभरको खेलले एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउनेछन् ।

सन् २००७ मा महिला एसीसी ट्रफीको फाइनल पुगेको नेपाली टोलीको प्रदर्शन त्यसपछि सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा खस्किँदै गएको छ ।

चीन, थाइल्यान्डसहित थुप्रै देशले एसियाली महिला एसोसिएट क्रिकेटमा नेपाललाई पछाडि पारिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर