सांसदहरूसँग ओलीले भने- एमालेमा अन्तर्घातको खतरनाक ट्रेण्ड देखियो, गम्भीर समीक्षा हुन्छ – Nepal Press

सांसदहरूसँग ओलीले भने- एमालेमा अन्तर्घातको खतरनाक ट्रेण्ड देखियो, गम्भीर समीक्षा हुन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा र काठमाडौंलगायतका ठूला सहरमा मेयर हार्नुको कारण गठबन्धनभन्दा पनि पार्टीभित्रकै अन्तर्घात प्रमुख कारण देखिएको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा जारी संसदीय दलका बैठकमा अध्यक्ष ओलीले उपमेयर भारी मतले जित्ने र मेयरमात्र हार्ने कुरामा पार्टीभित्रकै असहयोग र अन्तर्घात प्रष्ट देखिएको बताए ।

बैठकमा ओलीको सम्बोधन जारी छ । उनले यसपटक एमालेमा खतरनाक ढंगको अन्तर्घात देखिएको भन्दै यसको विस्तृत समीक्षा गरिने बताए ।


प्रतिक्रिया

One thought on “सांसदहरूसँग ओलीले भने- एमालेमा अन्तर्घातको खतरनाक ट्रेण्ड देखियो, गम्भीर समीक्षा हुन्छ

  1. Sarab pratham Neta le aasirbad hoina , karikarta le chune yadi bhayena vane karika bat vote garaune jasko dherai usalai umerduwar.ekai chhetra dherai kendriya Neta nabanune desh bhari sabai Thau bat ekek Jana banaune .satir Ka Neta haru lai Saman Ra karikarta bich ko Suri najik banaune .chapal lageka Neta hune ani chunab jit ek barsa napugi car 🚗 3tale Ghar banaune testa Neta lai sukhab line ani sort nakhule jail .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर