खातामा पर्याप्त पैसा नभएपनि एक करोड १० लाखको चेक काटेर दिने पक्राउ – Nepal Press

खातामा पर्याप्त पैसा नभएपनि एक करोड १० लाखको चेक काटेर दिने पक्राउ

काठमाडौं । खातामा पर्याप्त पैसा नभएपनि एक करोड १० लाख रुपैयाँको चेक काटेर दिने व्यक्ति पक्राउ परेका छन्।

काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयले सर्लाहीको हरिपुर नगरपालिका-१ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका-१० स्युचाटार बस्दै आएका ३४ वर्षीय नरेन्द्रप्रकाश सुवेदीलाई पक्राउ गरेको हो ।

सुवेदीले रामबहादुर विक भन्ने व्यक्तिलाई उक्त चेक दिएका थिए । तर बाउन्स भएपछि पीडितले प्रहरीमा उजुरी हालेका थिए । पाटन उच्च अदालतले पक्राउ पुर्जी जारी गरेपछि सुवेदीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *