नेप्से १४ अंकले वृद्धि, १ अर्ब ४ करोडको कारोबार – Nepal Press

नेप्से १४ अंकले वृद्धि, १ अर्ब ४ करोडको कारोबार

काठमाडौँ । आज सेयर बजार परिसूचक १४.३७ अंकले वृद्धि भएको छ । ०.६५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २२३१.५७ अंकमा पुगेको हो ।

आज १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९ सय रूपैयाँको कारोबार हुँदा २ सय २६ वटा कम्पनीको २६ लाख ९४ हजार ४ सय २९ कित्ता सेयर खरिदबिक्री भयो ।

सबैभन्दा धेरै अपरतामाकोशी हाइड्रोको कारोबार भएको छ । सो कम्पनीको ८ करोड ३४ लाख ८ हजार ७ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

आजबाट कारोबारमा आएको बलेफी हाइड्रोको सबैभन्दा धेरै सेयर मूल्यवृद्धि भएको छ । सो कम्पनीको आज ५.९२ प्रतिशत सेयर मूल्यवृद्धि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर