चट्याङ लागेर दुई जनाको मृत्यु – Nepal Press

चट्याङ लागेर दुई जनाको मृत्यु

रुपन्देही । चट्याङ लागेर लुम्बिनी प्रदेशमा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार गुल्मी र कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–६ पिरी बस्ने ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ पर्दा गम्भीर घाइते भएका रिजवानको बुटवलस्थित चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीय नुरमहमद लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी गुल्मी जिल्लाको मदाने गाउँपालिका–४ म्यालपोखरी बस्ने ४५ वर्षीया राधिका भट्टराईको पनि चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *