वरियतामा नेपालभन्दा पछाडि रहेको नामिबियाले जित्यो जिम्बावेमाथि टी-२० शृंखला – Nepal Press

वरियतामा नेपालभन्दा पछाडि रहेको नामिबियाले जित्यो जिम्बावेमाथि टी-२० शृंखला

हरारे । एसोसिएट टोली नामिबियाले टेस्ट मान्यताप्राप्त जिम्बावेविरुद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेको छ ।

पाँचौँ तथा अन्तिम खेलमा मङ्गलवार राती ३२ रनको जित हात पार्दै नामिबियाल‍े पाँच खेलको शृंखला ३-२ ले हात पारेको हो ।

टी-२० अन्तर्राष्ट्रिय वरियतामा नामिबिया, नेपालभन्दा पछाडि रहेको छ। निर्णायक खेलमा एक सय २८ रनको लक्ष्य पाएको जिम्बावे ९५ रनमा समेटिएको थियो ।

जिम्बावेलाई सस्तोमा समेट्न नामिबियाका जेर्हाड एरासमस र जान फ्रानलिन्कले दुई दुई विकेट लिए । डेभिड वैजी र सिकङ्गोले पनि एक एक विकेट हात पारे ।

नामिबियाले टेस्ट मान्यताप्राप्त टिमविरुद्ध पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *