श्रीलंका आर्थिक संकट : प्रधानमन्त्रीले नै सम्हाले अर्थमन्त्रीको पद – Nepal Press

श्रीलंका आर्थिक संकट : प्रधानमन्त्रीले नै सम्हाले अर्थमन्त्रीको पद

काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा प्रधानमन्त्री रानील विक्रमसिन्धेले नै अर्थमन्त्रीको पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गरे लगत्तै सिन्धेले अर्थमन्त्रीको रूपमा आफ्नो प्रमुख दायित्व देशको आर्थिक स्थिति सुधार गर्ने हुने र यसका लागि अन्तर्राष्ट्रिय मौद्रिक कोषसँगको छलफललाई तीव्रता दिने बताएका छन् ।

जारी आर्थिक संकटलाई कम गर्ने मुख्य लक्ष्यसहित श्रीलकांमा हालै मात्र सर्वदलीय सरकार गठन भएको छ भने गत शुक्रवार देखी श्रीलकांमा मन्त्री परिषद् गठन कार्यलाई अगाडि बढाइएको छ यद्यपि श्रीलकांको अर्थमन्त्रीको बारे भने कुनै टुङ्गो लागेको थिएन ।

रानील विक्रमसिन्धेले यस महिनाको सुरुवातमा प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेका थिए ।

राष्ट्रपति गोटाबाय राजापाक्षका दाइ महिन्दा राजापाक्षको कारण श्रीलङ्काको अर्थतन्त्र संकटमा परेको भन्दै चर्को आलोचना भएसँगै सिन्धेले पदभार ग्रहण गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *