आइतबारे बिदा खारेजीसहितको चारबुँदे माग राख्दै पुण्य गौतम आमरण अनशनमा – Nepal Press

आइतबारे बिदा खारेजीसहितको चारबुँदे माग राख्दै पुण्य गौतम आमरण अनशनमा

काठमाडौं । हालै एमाले प्रवेश गरेका भाइरलम्यान पुण्य गौतम आमरण अनसन बस्ने भएका छन् ।

जनसरोकारसँग सम्बन्धित विभिन्न चार बुँदे माग राख्दै आजैबाट अनशन सुरु गर्न लागेको उनले बताए ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को कार्यालय अगाडि अनशनस्थल तय गरिएको छ । गौतमले आफूसँगै अनशन बसेर साथ दिन अरूलाई पनि अपिल गरेका छन् ।

सुरुको चरणमा उनलाई एमालेकै समर्थक तिलक कार्कीले साथ दिने भएका छन् ।

आफू आमरण अनशन बस्ने र अरूले रिले अनशन बसेर साथ दिन सक्ने गौतमले बताए ।

पेट्रोलियम पदार्थ र खाने तेलको मूल्यवृद्धि फिर्ता लिनुपर्ने गौतमको पहिलो माग छ ।

दोस्रो बुँदामा उनले नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट लिइरहेको न्यूनतम चार्ज घटाउनुपर्ने माग राखेका छन् ।

यसै गरी, सरकारले जेठदेखि लागू गरेको आइतबारे बिदा खारेज गर्नुपर्ने र निजी विद्यालयहरूले गरेको शुल्क वृद्धि फिर्ता लिनुपर्ने पनि उनको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर