मूल्यवृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ (तस्बिर/भिडिओ) – Nepal Press

मूल्यवृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ (तस्बिर/भिडिओ)

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा सरकारमा रहेका र अन्य दलनिकट विद्यार्थी संगठनले आयल निगममा घेराउ गरेका छन् । बुधबार बिहान निगम पुगेर विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरेको हो ।

घेराउ कार्यक्रममा विद्यार्थी नेताहरूले आयल निगमविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनका क्रममा मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको थियो ।

प्रदर्शनकारीले जनप्रतिनिधि फेरिए जनजीविका फेरिएन, सबै मूल्यवृद्धिको जड, पेट्रोलियम पदार्थको कर, छिटाे फिर्ता गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यसअघि १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

नेपाल आयल निगमले आइबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर