जापानी सर्वोच्च अदालतको आदेश: न्यायाधीश छनोटमा विदेश बस्नेलाई पनि भोट हाल्न दिनू – Nepal Press

जापानी सर्वोच्च अदालतको आदेश: न्यायाधीश छनोटमा विदेश बस्नेलाई पनि भोट हाल्न दिनू

जापान । जापानको सर्वोच्च अदालतले न्यायाधीश छनो गर्ने निर्वाचनमा विदेशमा रहेका जापानी नागरिकले पनि भोट हाल्न पाउनु संवैधानिक अधिकार भएको फैसला सुनाएको छ ।

अदालतले बुधवार विदेशमा रहेका जापानी नागरिकहरुलाई न्यायाधीश छनोट गर्ने निर्वाचनमा मत हाल्न नदिनु संविधानको उल्लंघन भएको ठहर गर्दै यस्तो फैसला सुनाएको हो ।

विदेशमा रहेका नागरिकलाई मताधिकारबाट बञ्चित गर्ने निर्वाचनसम्बन्धी मुलुकी संहिता असंवैधानिक रहेको समेत अदालतले ठहर गरेको छ । अदालतले निर्वाचनसम्बन्धी कानून गलत रहेको फैसला गरेको यो ११ औं पटक हो ।

समाचारहरुका अनुसार १८ वर्षमाथिका विदेश बस्ने जापानीहरुको संख्या १० लाखभन्दा माथि छ । जापानमा जनप्रतिनिधि जस्तै न्यायाधीशहरुको छनौट पनि मतदानमार्फत नागरिकले गर्ने गर्दछन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *