ईपीएललगायत अन्य फ्रेन्चाइज लिगलाई मान्यता नदिने क्यानको निर्णय – Nepal Press

ईपीएललगायत अन्य फ्रेन्चाइज लिगलाई मान्यता नदिने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अन्य फ्रेन्चाइज लिगहरूलाई मान्यता नदिने आधिकारिक घोषणा गरेको छ ।

मंगलबार सम्पन्न क्यान बोर्ड बैठकले हालसम्म सञ्चालनमा रहेका अन्य फ्रेन्चाइज लिगहरूले पुर्‍याएको योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने र संघको आफ्नै लिग सञ्चालन हुने भएकाले अन्य लिगलाई राष्ट्रिय मान्यता नदिने घोषणा गरेको हो । यदि क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने भए अनुमति दिने क्यानले जनाएको छ ।

क्यानको आधिकारिक फ्रेन्चाइज नेपाल टी-२० लिग असोज ८ गतेदेखि कार्तिक ५ गतेसम्म आयोजना हुनेछ ।

यस प्रतियोगिताका लागि स्टार्टेजिक र कमर्सियल पार्टनरको रूपमा सेभेन थ्री स्पोर्टस रहनेछ । क्यानले प्रतियोगिताका लागि सेभेन थ्री स्पोर्टससँग वार्षिक ४ करोड १२ लाख ८ वर्षका लागि ३३ करोडमा सम्झौता गरेको छ । प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट मैदानमै हुनेछ ।

यसअघि एभरेष्ट प्रिमियर लिग र फ्रेन्चाइज क्लबहरूले पत्रकार सम्मेलन गर्दै लिग आयोजना हुन दिन माग गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *