जित निश्चित भएपछि बालेनले भने- विजयोत्सव नमनाउँ, वास्तविक परीक्षा अब सुरू हुन्छ – Nepal Press

जित निश्चित भएपछि बालेनले भने- विजयोत्सव नमनाउँ, वास्तविक परीक्षा अब सुरू हुन्छ

र्‍यालीका लागि बाहिरबाट काठमाडौं नआउन आग्रह

काठमाडौं । काठमाडौं महानगरमा आफ्नो जित सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेनले मतदाताहरूलाई धन्यवाद दिएका छन् । उनले यस परिणामलाई जित-हारका रूपमा नलिन आह्वानसमेत गरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले सो आह्वान गरेका हुन् । अहिलेको जित-हारलाई मतगणना सकिएसँगै बिर्सिदिन भन्दै उनले घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिनमात्रै विजयउत्सव मनाउने बताएका छन् ।

‘अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौं,’ बालेनले भनेका छन् ।

उनले ठाउँठाउँबाट र्‍यालीका लागि काठमाडौं आउने सुनिएको भन्दै त्यस्तो दु:ख नगर्न आग्रह गरेका छन् । हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिने आफूहरू खुसी हुने उनको भनाइ छ ।

‘अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा ‘धन्यवाद र्‍याली गर्नु होला’ बालेनले भनेका छन् ।

उनले अबको बाटो समय नभएको र अभियानको वास्तविक परीक्षा अब सुरू हुने बताएका छन् ।

‘हामीले हिड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ’ उनले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर