सरकारी स्कुलका शिक्षक- कर्मचारीलाई दलीय आवद्धता त्याग्न नयाँ मेयरको सात दिने अल्टिमेटम – Nepal Press

सरकारी स्कुलका शिक्षक- कर्मचारीलाई दलीय आवद्धता त्याग्न नयाँ मेयरको सात दिने अल्टिमेटम

रुपन्देही । बर्दियाको राजापुर नगरपालिकाले पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दलको जिम्मेवारीमा रहे तत्काल राजीनामा दिन आग्रह गरेको छ ।

नवनिर्वाचित मेयर दिपेश थारुले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई यस्तो जिम्मेवारी रहेका सबैलाई सात दिनभित्र राजीनामा दिइ त्यसको विवरण कार्यालयमा पेस गर्न सबै विद्यालयलाई पत्राचार गसिकेका छन् ।

सो पत्रमा शिक्षा ऐन २०२८ (संशोधनसहित)को दफा १६ (ङ)को उपदफा ५ को ६ मा उल्लेखित व्यवस्था उल्लंघन गरी कनै दलको कार्यकारिणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने आचारणमा नपर्न सबैलाई आग्रह गरिएको छ ।


प्रतिक्रिया

3 thoughts on “सरकारी स्कुलका शिक्षक- कर्मचारीलाई दलीय आवद्धता त्याग्न नयाँ मेयरको सात दिने अल्टिमेटम

Leave a Reply to Khadka Bista Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर