नेकपा एसका केन्द्रीय सदस्यले दिए पदबाट राजीनामा – Nepal Press

नेकपा एसका केन्द्रीय सदस्यले दिए पदबाट राजीनामा

दाङ । नेकपा एसका केन्द्रीय सदस्य एवम् दाङ इन्चार्ज जोगबहादुर रानाले पदबाट राजीनामा दिएका छन् ।

गठबन्धनको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा उम्मेदवार बनेका रानाले पराजित हुने निश्चित भएपछि राजीनामाको घोषणा गरेका हुन् ।

उनले आज बेलुकी सामाजिक सञ्जाल मार्फत चुनावमा आफूले अपेक्षित भूमिका निर्वाह गर्न नसकेकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनले मुलुकको भविष्य नेकपा एसमै भएको र आगामी दिनमा नेकपा एसलाई ठुलो पार्टी बनाउन भूमिका खेल्ने समेत उल्लेख गरेका छन् ।

रानाले एमालेका उपमेयरका उम्मेदवार स्यानी चौधरीसँग साढे ८ हजार बढी मतले पराजित हुने निश्चित भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर