एएफसी कप छनोट अघि प्रशिक्षणका लागि कतार प्रस्थान गर्ने फुटबल टिमको बिदाइ – Nepal Press

एएफसी कप छनोट अघि प्रशिक्षणका लागि कतार प्रस्थान गर्ने फुटबल टिमको बिदाइ

काठमाडौं । एएफसी एसियन कप छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरेको छ ।

मंगलबावार एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा एन्फा पदाधिकारीहरूले टिमलाई बिदाइ गरे ।

एएफसी कप छनोट जुन आठदेखि कुवेतमा आयोजना हुँदै छ । त्यसअघि, प्रशिक्षण तथा केहि मैत्रीपूर्ण खेलका लागि नेपाली टिम भोलि कतार प्रस्थान गर्न लागेको हो ।

कतारमा प्रशिक्षण सकेपछि नेपाली टिम जुन ५ मा कुवेत प्रस्थान गर्ने एन्फफाले जानकारी गराएको छ ।

कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बाहिरी रूपमा देखिएको समस्या चाँडै गर्ने र सबै खेलाडीले पाएको नयाँ अवसरलाई सही रूपमा सदुपयोग गर्न आग्रह गर्दै सफलताको शुभकामना दिए ।

खेलकुद मन्त्री गहतराजले पनि गोरखाली मनोबल सम्झेर जहाँ खेले पनि राम्रो प्रदर्शन गरेर, जित्न गएको सम्भेर खेल्नु भन्दै शुभकामना व्यक्त गरे ।

एएफसी कप छनोटमा नेपाल समूह ‘ए’ मा कुवेत, इन्डोनेसिया र जोर्डन सँग रहेको छ ।

कुवेतको सेन्ट्रलाइज्ड भेन्युमा हुने छनोटमा २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । चीनमा हुने एएफसी एसियन कपका लागि यसअघि नै आयोजक चीनसहित १३ टोली छनोट भइसकेका छन् ।

एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ ।

हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि छनोट हुने छन् ।

छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालविरुद्ध जोर्डन – जुन ८
नेपालविरुद्ध कुवेत – जुन- ११
नेपालविरुद्ध इन्डोनेसिया -जुन -१४


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *