घरपालुवा बिरालो कुटेको आरोपमा वेस्ट हामका डिफेन्डर जुमा दोषी ठहर – Nepal Press

घरपालुवा बिरालो कुटेको आरोपमा वेस्ट हामका डिफेन्डर जुमा दोषी ठहर

लन्डन । बेलायतको एक अदालतले घरपालुवा बिरालो पिटेको आरोपमा वेस्ट हामका डिफेन्डर कुर्त जुमालाई दोषी ठहर गरेको छ । उनलाई हुने सजाय आगामी जुनमा तोकिने बिबिसीले जनाएको छ।

जुमाले आफ्नै घरभित्र पाल्दै आएको बिरालो कुटेको भिडियो खिचेर उनका भाइ योआनले सामाजिक सञ्जाल स्न्यापच्याटमा हालेका थिए ।

रमाइलो मानेर योआनले हालेको भिडियोले अन्ततः जुमालाई दोषी ठहर गर्दै सजाय हुने देखिएको हो । एनिमल वेलफेयर एक्टअन्तर्गत उनी दोषी ठहर भएका हुन् ।

भिडियोमा जुमाले किचनभित्र बिरालोलाई कुटिरहेको देखिन्छ। जुत्ताले समेत बिरालोको टाउकोमा हानेको देखिएको थियो ।

२७ वर्षीय डिफेन्डर जुमा सन् २०२१ देखि वेस्ट हामका लागि खेलिरहेका छन् । उनले फ्रान्सको सिनियर राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *