नीति तथा कार्यक्रम उद्देश्यहीन र यथास्थितिवादी : योगेश भट्टराई – Nepal Press

नीति तथा कार्यक्रम उद्देश्यहीन र यथास्थितिवादी : योगेश भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रम उद्देश्यहीन र यथास्थितिवादी भएको टिप्पणी गरेका छन् ।

संसद् भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै पूर्व पर्यटमन्त्री भट्टराईले गठबन्धन सरकारको नीति तथा कार्यक्रममा कुनै उत्साह र आकर्षण नभएको बताए । ‘यो परम्परावादी छ । यसमा कुनै उत्साह छैन । यो सपनाविहीन, उद्देश्यविहीन, गन्तव्य विहीन र यथास्थितिवादी छ । यसले मुलुकको अर्थतन्त्र सुधारका लागि पहल गर्दैन’, भट्टराईले भने ।

उनले आगामी वर्ष अर्थतन्त्रका लागि अझ डरलाग्दो हुने संकेत नीति तथा कार्यक्रमले गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर