सबै अस्पतालमा अनिवार्य विद्युतीय मेडिकल रेकर्ड राखिने – Nepal Press

सबै अस्पतालमा अनिवार्य विद्युतीय मेडिकल रेकर्ड राखिने

काठमाडौं । सरकारले सबै अस्पतालमा अनिवार्य रूपमा विद्युतीय मेडिकल रेकर्ड राख्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गर्दै डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयन गरिने बताएकी हुन् ।

सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली (इलेकट्रोनिक मेडिकल रेकर्ड) लागू गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

यसै गरी औषधोपचारको क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य रूपमा अडिट गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

स्वास्थ्य संस्था, चिकित्सक र स्वास्थ्य सुरक्षाकर्मीको सुरक्षाका लागि कानुनमा कडाइ गरिने नीति तथा कार्यक्रममा समेटिएको राष्ट्रपति भण्डारीले बताइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर