हप्तादिनमै फेरि बढ्यो गाडी भाडा, कुन रुटको कति ? – Nepal Press

हप्तादिनमै फेरि बढ्यो गाडी भाडा, कुन रुटको कति ?

काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने लामाे दूरीका सार्वजनिक सवारीको भाडा  बढाएकाे  छ ।

यातायात व्यवस्था विभागले  आज  मंगलबारदेखि लागू हुने गरी अन्तरप्रदेशमा चल्ने गाडीको भाडादर समायोजन गरेको हो । गत जेठ ३ गते मात्रै भाडा वृद्धि भएको थियो ।

विभागले आज जारी गरेको नयाँ भाडा दर अनुसार अन्तरप्रदेशमा २.१ प्रतिशत, पहाडी बाटोमा गुड्ने मालबाहक तर्फ २.७ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ३ प्रतिशत भाडा वृद्धि छ ।

नेपाल आयत निगमले २ दिन अघि मात्रै पेट्रोलको र डिजेलको प्रतिलिटर १०/१० रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।

इन्धनको बजार मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटबढ हुने भएकाले अहिले बढेको विभागले जनाएको छ ।

यातायात व्यवस्था कार्यलयले भाडा समायोजन हुने व्यवस्था कार्यान्वयनमा ल्याएपछि स्वाचालित भाडा वृद्धि सुरु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *