ऐतिहासिक नक्सा र तथ्य-प्रमाणका आधारमा सीमासम्वन्धी विषय समाधान गरिनेछ: नीति तथा कार्यक्रम – Nepal Press

ऐतिहासिक नक्सा र तथ्य-प्रमाणका आधारमा सीमासम्वन्धी विषय समाधान गरिनेछ: नीति तथा कार्यक्रम

काठमाडौं । सरकारले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखी छिमेकीसँगको सम्बन्ध प्रगाढ बनाइने जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा बाचन गरेको नीति तथा कार्यक्रममा छिमेकी देशसँगको सीमा विवादको विषयलाई घुमाउरो तरिकाले सम्बोधन नगरिएको छ ।

नीति–कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले भनिन्, ‘ऐतिहासिक सन्धी, नक्सा, तथ्य र प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट सीमा सम्बन्धमा बाँकी रहेका विषय समाधान गरिने छ ।’

राष्ट्रसंघको आह्वानमा विश्वशान्ति कायम गर्न नेपालको योगदान बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । बहुपक्षीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति अर्थपूर्ण बनाउने तथा आर्थिक कुटनीति परिचालन गरिने विषयहरु पनि उल्लेख छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर