जनकपुरधामका मेयर साहले गरे पदवहाली, फोहोर उठाउने जिम्मा वडालाई – Nepal Press

जनकपुरधामका मेयर साहले गरे पदवहाली, फोहोर उठाउने जिम्मा वडालाई

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहले पदवहाली गरेका छन् ।

पदभार ग्रहण गर्दै मेयर साहले फोहोर उठाउने जिम्मेवारी वडालाई दिनेसहितका तीन निर्णय गरेका हुन् । जनकपुरधामका २५ वटै वडाहरूलाई स्रोतसाधन सम्पन्न बनाएर फोहोर व्यवस्थापनको जिम्मेवारी दिने निर्णय गरेको मेयर साहले बताए ।

जनकपुरधाममा सरसफाइ नहुँदा पटक-पटक नगरबासी आन्दोलित बनेका छन् । फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै निवर्तमान मेयर लालकिशोर साहको आलोचना हुँदै आएको थियो । त्यसैले पनि नवनिर्वाचित मेयर साहले सरसफाइलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

मेयर साहले कार्यालयलाई थप सेवाग्राही मैत्री बनाउने, सुशासनयुक्त र सूचना पारदर्शी बनाउने निर्णय पनि गरेका छन् । यस्तै एउटा शाखाका कर्मचारीलाई अर्को शाखामा नखटाउने निर्णय पनि गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर