घाटा बेहोरिरहेका सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिइने – Nepal Press

घाटा बेहोरिरहेका सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि घाटा बेहोरिरहेका सार्वजनिक संस्थाको जिम्मेवारी निजी क्षेत्रलाई दिने भएको छ । सरकारले आज राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत संघीय ससंदमा पेश गरेको नीति तथा कार्यक्रममा घाटामा रहेका सार्वजनिक संस्था निजी क्षेत्रलाई दिने उल्लेख गरिएको हो ।

वित्तीय रूपमा बोझिला सार्वजनिक संस्थान खारेज गर्ने वा निजी क्षेत्रलाई जिम्मेवारी दिने राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन् । यस्तै, निजी क्षेत्र सक्षम रहेका क्षेत्रमा सञ्चालन भइरहेका सार्वजनिक संस्थाकोसमेत जिम्मेवारी निजी क्षेत्रलाई नै दिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

यस्तै सरकारले आगामी आर्थिक वर्षदेखि नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरण प्रणाली निजी क्षेत्रलाई सुम्पने भएको छ । त्यसैको तयारी स्वरूप सार्वजनिक संस्थान सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने राष्ट्रपति भण्डारीले नीति था कार्यक्रममार्फत बताएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *