संसद भवनअगाडि जब प्रधानमन्त्रीलाई गाँजाको ब्यानर देखाउन खोजियो – Nepal Press

संसद भवनअगाडि जब प्रधानमन्त्रीलाई गाँजाको ब्यानर देखाउन खोजियो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन प्रवेश गर्ने क्रममा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती व्यक्तिले गाँजाको तस्बिर भएको व्यानर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको गेटमा प्रदर्शन गरेका थिए ।

राष्ट्रपतिबाट आज हुने नीति तथा कार्यक्रम वाचनको कार्यक्रममा प्रधानमन्त्री देउवा पौने ४ बजेतिर बीआईसीसी आइपुगेका थिए । त्यही बेला एक व्यक्तिले ‘म एड्स रोगी हो, मैले गाँजा खानुपर्छ’ भन्दै ब्यानर प्रदर्शन गरेका हुन् । प्रहरीले उनलाई तत्कालै नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री संसद भवनभित्र प्रवेश गरिसकेका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनको प्रतिक्षा भइरहेको छ ।


प्रतिक्रिया

3 thoughts on “संसद भवनअगाडि जब प्रधानमन्त्रीलाई गाँजाको ब्यानर देखाउन खोजियो

Leave a Reply to Ashish Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर