नवौं राष्ट्रिय खेलकुद सर्‍यो – Nepal Press

नवौं राष्ट्रिय खेलकुद सर्‍यो

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ । जेठ २२ देखि २८ गतेसम्म पोखरामा गर्ने तयारी गरिएको प्रतियोगिता असोज अन्तिम साताका लागि सरेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतियोगिता सार्ने निर्णय गरेको हो ।

प्रतियोगिता अब असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।

यो पटक प्रतियोगितामा ३६ वटा खेल समावेश गरिने भनिएको थियो ।

बजेट कार्यन्वयनमा समस्या, समय अभाव, स्थानीय निर्वाचनका कारण साथै ११/१२ काे परीक्षासमेत परेकाले प्रतियोगिता सारिएको बताइएको छ ।

‘एसियन गेम्सलाई मुख्य टार्गेट गरेर छिटाे गर्ने निर्णय गरेकाे तर एसियन गेम्स पनि सर्‍यो । माैसमले पनि साथ नदिने भएकोले सार्नुपरेको हो’, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले भने ।

प्रतियोगिताका लागि ६० करोड बजेट अनुमान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *